प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित २ जना पक्राउ

२०८१-१२-१४

  • A
  • A-
  • A+
Share

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह ४ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ खैरेनी बस्ने २१ वर्षीय सुनिल बिक र १९ वर्षीय प्रेम बहादुर बिक रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतको बलेगाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा ४ जनाको मृत्यु
२०८१-१२-१४

अर्घाखाँची, शितगंगा नगरपालिका-२ भुवनपाटास्थित सडकमा लु.२ ख ३०३ नम्बरको बस अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा बसमा सवार ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बस चालक नवलपरासी पश्‍चिम बर्दघाट बस्ने ५० वर्षीय मदन कुमार वि क, बसमा सवार रूपन्देही बुटवल उपमहानगरपालिका-८ बस्ने ५५ वर्षीया जमुना बस्याल, नवलपरासी पश्चिम भुमही बस्ने ५० वर्षीया उमा न्यौपाने र ६५ वर्षीया गायत्री न्यौपानेको प्राथमिक स्वास्थय केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य २४ जनाको भैरहवा मेडिकल कलेज रूपन्देहीमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।