प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

२०८१-१२-१४

  • A
  • A-
  • A+
Share

अर्घाखाँची, शितगंगा नगरपालिका-२ भुवनपाटास्थित सडकमा लु.२ ख ३०३ नम्बरको बस अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा बसमा सवार ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बस चालक नवलपरासी पश्‍चिम बर्दघाट बस्ने ५० वर्षीय मदन कुमार वि क, बसमा सवार रूपन्देही बुटवल उपमहानगरपालिका-८ बस्ने ५५ वर्षीया जमुना बस्याल, नवलपरासी पश्चिम भुमही बस्ने ५० वर्षीया उमा न्यौपाने र ६५ वर्षीया गायत्री न्यौपानेको प्राथमिक स्वास्थय केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य २४ जनाको भैरहवा मेडिकल कलेज रूपन्देहीमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।