सवारी दुर्घटनामा १ जनाको मृत्यु
२०८१-१२-१४
- A
- A-
- A+
रूपन्देही, बुटवल उपमहानगरपालिका-१० स्थित सडकमा बागमती प्रदेश-०१-०३१ च ५००२ नम्बरको कारमा लु.३६ प ८४४० नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका-२ बस्ने ६० वर्षीय खेम राज पाठकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।