अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८१-१२-१५
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-१५
जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्राम सहित रोल्पा परिवर्तन
गाउँपालिका-३ बस्ने ३१ वर्षीय भुपेन्द्र बुढामगर समेत २ जनालाई बिहीबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह, लागूऔषध नियन्त्रण
ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै
गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।