प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ जनाको मृत्यु

२०८१-१२-१८

  • A
  • A-
  • A+
Share

बाँके, नेपालगंज उपमहानगरपालिका-१ नन्दनी मिलस्थित सडकमा नेपालगंजबाट खजुरातर्फ जाँदै गरेको भे.११ प ४२४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बैजनाथ गाउँपालिका-६ एच गाँउ बस्ने ४३ वर्षीया चन्द्रकला देवी थापा क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार