हत्या गरेको अभियोगमा पक्राउ
२०८१-१२-२२
- A
- A-
- A+
बाँके,
२२ चैत
कोहलपुर नगरपालिका-७ रजगरूवा बस्ने ४० वर्षीय
दुर्गा पुनको हत्या गरेको अभियोगमा सोही नगरपालिका-७ सल्यानी टोल बस्ने २३ वर्षीय
छोटे भन्ने राजु सुनारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
राजु समेत ५/६ जनाको समुहले कुटपिट गर्दा
गम्भीर घाइते भएका दुर्गाको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको भन्ने
खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी हवल्दारपुर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट
खटिएको प्रहरीले कुटपिटमा संलग्न मध्ये राजुलाई पक्राउ गरेको हो ।
प्रहरीले कुटपिटमा संलग्न हाल फरार अन्य
व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।