अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०१-०२
- A
- A-
- A+
बर्दिया, बढैयाताल
गाउँपालिका-१ सानो डाँफेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ८०
मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो ३३ ट्याब्लेट सहित सोही गाउँपालिका-१
शान्तिपुर बस्ने २२ वर्षीय पूर्ण बहादुर सिंह ठकुरीलाई सोमबार दिउँसो प्रहरीले
पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा
आउँदै गरेका निजलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।