प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ५ जना पक्राउ

२०८२-०१-०३

  • A
  • A-
  • A+
Share

दाङ, घोराही उपमहानगरपालिका-१९ दुईखोलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय २० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ७ सय ४० ट्याब्लेट सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा रोल्पा, रोल्पा नगरपालिका-८ बस्ने २६ वर्षीय रविन घर्ती मगर, सोही नगरपालिका-२ बस्ने २७ वर्षीय समिर रोका मगर, २५ वर्षीय रेमन पुन मगर र सोही नगरपालिका-८ बस्ने २५ वर्षीय विकाश केसी रहेका छन् । प्रहरी चौकी दुईखोलीबाट खटिएको प्रहरीले घोराहीबाट रोल्पातर्फ जाँदै गरेको रा.४ प ४३५३ नम्बरको मोटरसाइकल र लु.प्र.०२-००१ प १३७६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

    रूपन्देही, बुटवल उपमहानगरपालिका-१८ सौराहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय नगेन्द्र चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरीले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

            यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।