प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाइकलको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु

२०८२-०१-१४

  • A
  • A-
  • A+
Share

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-६ भैयाटोलस्थित सडकमा भैयाटोलबाट प्रिप्रहियातर्फ जाँदै गरेको लु.३५ प ४३२३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया सुधा त्रिपाठीको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार