मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
२०८२-०१-१४
- A
- A-
- A+
रूपन्देही,
सिद्धार्थनगर नगरपालिका-६ भैयाटोलस्थित सडकमा भैयाटोलबाट प्रिप्रहियातर्फ जाँदै
गरेको लु.३५ प ४३२३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५
वर्षीया सुधा त्रिपाठीको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी
उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई
प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।