सवारी दुर्घटनामा १ जनाको मृत्यु
२०८२-०१-१४
- A
- A-
- A+
कपिलवस्तु, बुद्धभूमि नगरपालिका-९
बेलनदीस्थित सडकमा रा.१ ख २३ ४२ नम्बरको बसले लु.७९ प ११३३ नम्बरको मोटरसाइकललाई शनिबार
दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक शिवराज नगरपालिका-११ नयाँ बस्ती बस्ने ४९
वर्षीय रूकमाग शर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मर्सिसिटी
अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा
लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।