प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ जनाको मृत्यु

२०८२-०१-१४

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, बुद्धभूमि नगरपालिका-९ बेलनदीस्थित सडकमा रा.१ ख २३ ४२ नम्बरको बसले लु.७९ प ११३३ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक शिवराज नगरपालिका-११ नयाँ बस्ती बस्ने ४९ वर्षीय रूकमाग शर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मर्सिसिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार