लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-१४
- A
- A-
- A+
रूपन्देही,
सिद्धार्थनगर नगरपालिका-८ स्थित भैरहवा विद्युत अफिस नजिकैबाट अवैध लागूऔषध
ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्राम सहित सिद्धार्थनगर नगरपालिका-१
रानीगाउँ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका-५ डाईभरटोल घर भएका ३५ वर्षीय हिरालाल
पासीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा
कार्यालय भैरहवाबाट खटिएको प्रहरीले लु.१८ प ४१२६ नम्बरको मोटरसाइकलमा सवार उनलाई
उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।