प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"श्रोत नखुलेको ४२ लाख ९० हजार ४४४ रुपैया सहित मानिस पक्राउ"

२०८२-०१-१४

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०१।१४ गते अं.१५:०० बजेको समयमा जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ५ ग्यालेक्सी टोल स्थित महेश बरईको घरमा डेरा गरी बस्ने शिवा पटवा भन्ने आशिष कुमारसँग स्रोत नखुलेको नेपाली तथा भारतिय रुपैया रहेको भन्ने गोप्य सुचनाको आधारमा उक्त स्थानमा प्रहरी टोली खटिई जाँदा देश भारत बलरामपुर जिल्ला तुल्सीपुर ठाना सोनपुर ग्राम तहसिल तुल्सीपुर बस्ने बर्ष अन्दाजी २२ को शिवा पटवा भन्ने आशिष कुमारलाई शंकास्पद अवस्थामा फेला पारी निजको शरीर र निज भाडामा बस्दै आएको कोठामा रित पूर्बक खानतलासी गर्दा नेपाली रुपैया ४२,६३,९००।- (बयालिस लाख त्रिसठ्ठी हजार नौ सय मात्र) का नोटहरु तथा भारतिय रुपैया २६,५४४।- (भा.रु. छब्बिस हजार पाच सय चौवालिस ) का नोटहरु गरी कुल रकम एक मुष्ट नेपाली रुपैया ४२,९०,४४४। (ने.रु. बयालिस लाख नब्बे हजार चार सय चौवालिस) रुपैया र रुपैया गन्ने मेसिन थान-१ बरामद गरी माथि उल्लेखित भारतीय र नेपाली रुपैया सहित मानिसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।