प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"श्रोत नखुलेको ४२ लाख ९० हजार ४४४ रुपैया सहित मानिस पक्राउ"

२०८२-०१-१४

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०१।१४ गते अं.१५:०० बजेको समयमा जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ५ ग्यालेक्सी टोल स्थित महेश बरईको घरमा डेरा गरी बस्ने शिवा पटवा भन्ने आशिष कुमारसँग स्रोत नखुलेको नेपाली तथा भारतिय रुपैया रहेको भन्ने गोप्य सुचनाको आधारमा उक्त स्थानमा प्रहरी टोली खटिई जाँदा देश भारत बलरामपुर जिल्ला तुल्सीपुर ठाना सोनपुर ग्राम तहसिल तुल्सीपुर बस्ने बर्ष अन्दाजी २२ को शिवा पटवा भन्ने आशिष कुमारलाई शंकास्पद अवस्थामा फेला पारी निजको शरीर र निज भाडामा बस्दै आएको कोठामा रित पूर्बक खानतलासी गर्दा नेपाली रुपैया ४२,६३,९००।- (बयालिस लाख त्रिसठ्ठी हजार नौ सय मात्र) का नोटहरु तथा भारतिय रुपैया २६,५४४।- (भा.रु. छब्बिस हजार पाच सय चौवालिस ) का नोटहरु गरी कुल रकम एक मुष्ट नेपाली रुपैया ४२,९०,४४४। (ने.रु. बयालिस लाख नब्बे हजार चार सय चौवालिस) रुपैया र रुपैया गन्ने मेसिन थान-१ बरामद गरी माथि उल्लेखित भारतीय र नेपाली रुपैया सहित मानिसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।