सवारी दुर्घटनामा १ जनाको मृत्यु
२०८२-०१-१८
- A
- A-
- A+
कपिलवस्तु, विजयनगर गाउँपालिका-१ गुगौलीस्थित सडकमा बद्दौरबाट गुगौलीतर्फ आउँदै गरेको लु.३ त ४७९७ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-२ उठहवा बस्ने २० वर्षीय श्यामलाल कोरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।