प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट कुखुरा फर्म जलेर नष्ट

२०८२-०१-२१

  • A
  • A-
  • A+
Share

कपिलबस्तु, बुद्धभुमि नगरपालिका -१० धनकौली बस्ने बर्ष ४५ को अव्दुल रहिमानको फुसले छाएको काठ र ईटाले बनेको बोइलर कुखुरा फर्ममा चट्याङ परी अचानक आगलागी भएको छ । उक्त आगलागीबाट  मानविय क्षेति नभएको, फर्म रहेका बोइलर कुखुरा र कुखुरा फर्म पुर्ण रुपमा जली अन्दाजी मुल्य रु.६,५०,००० /- ( छ लाख  पचास हजार ) बराबरको क्षेती भएको देखिएको छ । आगो प्रहरी टोली, स्थानिय र दमकलको सहायतामा पुर्ण रुपमा नियन्त्रणमा आएको हो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।