प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट कुखुरा फर्म जलेर नष्ट

२०८२-०१-२१

  • A
  • A-
  • A+
Share

कपिलबस्तु, बुद्धभुमि नगरपालिका -१० धनकौली बस्ने बर्ष ४५ को अव्दुल रहिमानको फुसले छाएको काठ र ईटाले बनेको बोइलर कुखुरा फर्ममा चट्याङ परी अचानक आगलागी भएको छ । उक्त आगलागीबाट  मानविय क्षेति नभएको, फर्म रहेका बोइलर कुखुरा र कुखुरा फर्म पुर्ण रुपमा जली अन्दाजी मुल्य रु.६,५०,००० /- ( छ लाख  पचास हजार ) बराबरको क्षेती भएको देखिएको छ । आगो प्रहरी टोली, स्थानिय र दमकलको सहायतामा पुर्ण रुपमा नियन्त्रणमा आएको हो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।