सवारी दुर्घटना १ जनाको मृत्यु
२०८२-०१-२२
- A
- A-
- A+
रोल्पा, परिवर्तन गाउँपालिका-३ बागमारास्थित सडकमा दुईखोलीबाट बागमारातर्फ जाँदै गरेको लु.प्र.०२-००१ त ८९ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक दाङ घर भएका २९ वर्षीय खिम बहादुर सुनारको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।