अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०१-२३
- A
- A-
- A+
बाँके,
बैजनाथ गाउँपालिका-७
पेडारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ५० मिलिग्राम
र नगद १ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने ३३ वर्षीय अभिशेख थारूलाई सोमबार
साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले
उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।