आगलागीबाट धनमाल जलेर नष्ट
२०८२-०१-२३
- A
- A-
- A+
बाके, नेपालगन्ज उप-महानगरपालिका २ न्युरोड बस्ने बर्ष ६० को मनप्रित कंवरको ढाई तलाको घरको दुई तलाको कोठामा एक्कासि बिद्युत तार सर्ट भई आगलागी भएको छ । उक्त आगलागीबाट कोठाभित्रका विभिन्न समानहरू जली अन्दाजी रु. २,२०,०००( दुई लाख बीस हजार) बराबरको क्षति भएको हो । नेपाल प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।