अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-०१-२४
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-६ बस्ने २० वर्षीय सक्सेस बुढामगर र रूकुम पश्चिम चौरजहारी नगरपालिका-२ बस्ने २४ वर्षीय रमेश बुढाथोकी रहेका छन् । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।