अवैध लागूऔषध सहित एक जना पक्राउ
२०८२-०१-२४
- A
- A-
- A+
दाङ, राप्ती गाउँपालिका-१
भालुबाङ पुल्चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ८०
मिलिग्राम सहित सोही गाउँपालिका-२ बह्राखुट्टी बस्ने २० वर्षीया सरिता सार्कीलाई
मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको
प्रहरीले घोराहीबाट प्युठानतर्फ जाँदै गरेको भे.१ ख ४३३२ नम्बरको गाडीमा सवार उनलाई
उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।