सवारी दुर्घटनामा १ जनाको मृत्यु
२०८२-०१-२५
- A
- A-
- A+
रूपन्देही, तिलोत्तमा
नगरपालिका-४ डिङगानगरस्थित सडकमा डिङगानगरबाट ड्राईभरटोलतर्फ जाँदै गरेको लु.५५ प
७५१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४३
वर्षीय हरि थापा मगरको मृत्यु भएको छ । बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर
घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा बिहीबार बिहान मृत्यु
भएको हो ।