प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ जनाको मृत्यु

२०८२-०१-२५

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, वाणगंगा नगरपालिका-८ श्रृङघाटखोलास्थित सडकमा श्रृङघाटखोलाबाट मधुवनतर्फ आउँदै गरेको लु.४ त १६२६ नम्बरको ट्याक्टरमा लु.२ त ४४१६ नम्बरको ट्याक्टर ठक्कर खाई बुधबार बेलुकी दुर्घटना हुँदा लु.२ त ४४१६ नम्बरको ट्याक्टरमा सवार सोही नगरपालिका-४ कालाबन्जर बस्ने ५५ वर्षीय लोखै थारूको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको युनाइटेड अस्पताल ठाकुरापुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका लु.२ त ४४१६ नम्बरको ट्याक्टरमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले लु.२ त ४४१६ नम्बरको ट्याक्टर चालकलाई नियन्त्रणमा लिनुका साथै हाल फरार लु.४ त १६२६ नम्बरको ट्याक्टर चालकको खोजी गरिरहेको छ ।

            दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।