प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ जनाको मृत्यु

२०८२-०१-२५

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, वाणगंगा नगरपालिका-८ श्रृङघाटखोलास्थित सडकमा श्रृङघाटखोलाबाट मधुवनतर्फ आउँदै गरेको लु.४ त १६२६ नम्बरको ट्याक्टरमा लु.२ त ४४१६ नम्बरको ट्याक्टर ठक्कर खाई बुधबार बेलुकी दुर्घटना हुँदा लु.२ त ४४१६ नम्बरको ट्याक्टरमा सवार सोही नगरपालिका-४ कालाबन्जर बस्ने ५५ वर्षीय लोखै थारूको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको युनाइटेड अस्पताल ठाकुरापुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका लु.२ त ४४१६ नम्बरको ट्याक्टरमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले लु.२ त ४४१६ नम्बरको ट्याक्टर चालकलाई नियन्त्रणमा लिनुका साथै हाल फरार लु.४ त १६२६ नम्बरको ट्याक्टर चालकको खोजी गरिरहेको छ ।

            दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।