अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०१-२९
- A
- A-
- A+
दाङ, घोराही उपमहानगरपालिका-१३ आनन्दनगर टोल बस्ने ५७ वर्षीया नितु आचार्यलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र नगद १० हजार ५० रूपैयाँ सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी पोष्ट घोराही बसपार्कबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।