अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-०२-०४
- A
- A-
- A+
बर्दिया, बढैयाताल
गाउँपालिका-६ मैनापोखरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३०
मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय दिपक थारू र १८ वर्षीय किशोरलाई
शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट
खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।