प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा २ जनाको मृत्यु

२०८२-०२-०४

  • A
  • A-
  • A+
Share

बर्दिया, बाँसगढी नगरपालिका-९ माछागढस्थित सडकमा भे.१२ प ४२२४ नम्बरको स्कुटर शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार सोही ठाउँ बस्ने १२ वर्षीय आशिश सिंह र १३ वर्षीय राकेश रावतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानमा भे.१ ज १२७२ नम्बरको म्याजिक गाडी र भे.१ ज १४९४ नम्बरको म्याजिक गाडी क्रस गर्ने क्रममा उक्त स्कुटर अनियन्त्रित भई दुर्घटना भएको थियो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कुटर चालक तथा दुबै म्याजिक गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।