प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रतिबन्धित औषधी सहित मानिस नियन्त्रणमा

२०८२-०२-०५

  • A
  • A-
  • A+
Share

बाँके, नेपालगंज उप-महानगरपालिका १५ जमुनाहा चेक प्वाईन्ट स्थित प्रतिबन्धित औषधी सहित  देश भारत उत्तर प्रदेश जिल्ला अंरहवा बस्ने बर्ष २४ को तालिफ आइतबार प्रहरी टोलीले नियन्त्रण लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय जमुनाहा बाँके बाट खटिइको प्रहरी टोलीले  भारतबाट नेपाल तर्फ आउदै गरेको हिरो स्पिलेन्डर मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा निम्न प्रतिबन्धित अबैध औषधिजन्य सामान  मुल्य रु. १,६२,२१२।–(एक लाख बैसठ्ठी हजार दुई सय बाह्र) बराबरको सामान फेलापारी मोटरसाइकल सहित नियन्त्रणमा लिईएको हो ।

                                       निम्न प्रतिबन्धि औषधीहरू:-

 १-Women power capsule 17 प्याकेट

 २-Life on gold capsule 16 प्याकेट

 ३-Power puvs 27 पत्त

 ४- Power puvs xxl 4 प्याकेट

 ५-Tiger movement cream पहेलो  40 पत्ता

 ६- Tiger cream 34 पत्ता

 ७- Tiger movement cream  ६ प्याकेट

 -Man play 6 प्याकेट

- Drd shita 5 प्याकेट

१०-Life on gold 6 पिस

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८२-११-१५

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-९ सानो दुमदुमुवाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ९ एम्पुल र फेनारगन ८ एम्पुल सहित ओमसतिया गाउँपालिका-३ बडसारी बस्ने १८ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको युपि ५३ एएम ९७५० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।            बाँके, कोहलपुर नगरपालिका-८ पिपिरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय मान बहादुर केसीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।            यसैगरी बाँके, कोहलपुर नगरपालिका-९ झण्डहवा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित सोही नगरपालिका-९ झण्डहवा बस्ने २२ वर्षीय सुवास थारूलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।            यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-२० ज्ञानपुर बस्ने ३६ वर्षीय धनिराम कुर्मी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी बिट राँझाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।          यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-११-०८

बाँके, खजुरा गाउँपालिका-४ एफ गाउँ ३७ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१२ बस्ने २८ वर्षीय प्रकाश रोकाया र २४ वर्षीय आगमन डाँगी रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले बा.प्र.०२-०४ प ०१८३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध खजुरा गाउँपालिका-४ बस्ने ४२ वर्षीय गम्भिर थापा मगरबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात गम्भिरको घर तलासी अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ५० मिलिग्राम सहित फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।             रूपन्देही, गैडहवा गाउँपालिका-३ गोबडौरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मायादेवी गाउँपालिका-१ बसन्तपुर बस्ने ३४ वर्षीय जगदिश कुर्मी र गैडहवा गाउँपालिका-४ कुसुमहवा बस्ने ३१ वर्षीय महेश कुर्मी रहेका छन् । इलाका प्रहरी कार्यालय सूर्यपुरा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएका प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा प्रहरीले महेश कुर्मीको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ३१ ग्राम ४ सय ७० मिलिग्राम र डिजिटल तराजु फेला बरामद गरेको छ ।                 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-१०-२८

बाँके, नेपालगंज उपमहानगरपालिका-१० गणेशमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय १० मिलिग्राम सहित रूकुम पश्चिम घर भएका ३८ वर्षीय डम्बर बहादुर केसीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र प्रहरी बिट गणेशमान चोकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, बैजनाथ गाउँपालिका-५ गुरूवा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय बिरेन्द्र कुमार थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बेलहिया डण्डापुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १६ ग्राम सहित गैडहवा गाउँपालिका-६ बस्ने २० वर्षीय मोहित केवट समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको   छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।                यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।