प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रतिबन्धित औषधी सहित मानिस नियन्त्रणमा

२०८२-०२-०५

  • A
  • A-
  • A+
Share

बाँके, नेपालगंज उप-महानगरपालिका १५ जमुनाहा चेक प्वाईन्ट स्थित प्रतिबन्धित औषधी सहित  देश भारत उत्तर प्रदेश जिल्ला अंरहवा बस्ने बर्ष २४ को तालिफ आइतबार प्रहरी टोलीले नियन्त्रण लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय जमुनाहा बाँके बाट खटिइको प्रहरी टोलीले  भारतबाट नेपाल तर्फ आउदै गरेको हिरो स्पिलेन्डर मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा निम्न प्रतिबन्धित अबैध औषधिजन्य सामान  मुल्य रु. १,६२,२१२।–(एक लाख बैसठ्ठी हजार दुई सय बाह्र) बराबरको सामान फेलापारी मोटरसाइकल सहित नियन्त्रणमा लिईएको हो ।

                                       निम्न प्रतिबन्धि औषधीहरू:-

 १-Women power capsule 17 प्याकेट

 २-Life on gold capsule 16 प्याकेट

 ३-Power puvs 27 पत्त

 ४- Power puvs xxl 4 प्याकेट

 ५-Tiger movement cream पहेलो  40 पत्ता

 ६- Tiger cream 34 पत्ता

 ७- Tiger movement cream  ६ प्याकेट

 ८-Man play 6 प्याकेट

९- Drd shita 5 प्याकेट

१०-Life on gold 6 पिस

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०६-१३

बाँके,  नेपालगंज उपमहानगरपालिका-१९ कन्ठिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम र नगद ७ हजार २ सय ३० रूपैयाँ सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४४ वर्षीय घनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, २० वर्षीय बबिराम रोका मगर, ३२ वर्षीय चक्रे विक, कैलाली चुरे गाउँपालिका-३ घर भएका २४ वर्षीय महेश मल्ल र बर्दिया गुलरिया नगरपालिका-१ घर भएका ४८ वर्षीय राजेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।