प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

श्रोत नखुलेको नेपाली रुपैंयाँ नियन्त्रणमा

२०८२-०२-०५

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, मायादेबी गाउँपालिका १ बरैया स्थितमा चाकरचौडा बाट तौलीहवा तर्फ जाँदै गरेको लु ३५ प ८९५९ नं. को मोटरसाइकल सहित श्रोत नखुलेको जम्मा नेपाली रुपैंया ९ लाख २९ हजार ९ सय र चालक जिल्ला कपिलबस्तु मायादेवी गाउँपालिका ४ चाकरचौडा बस्ने बर्ष ७० को हरि प्रसाद बनियालाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिइएको छ । उनलाई  बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पकडि कपिलबस्तुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा डिक्गीमा लुकाई छिपाई राखेको नगद रुपैयाँ सहित नियन्त्रणमा लिईएको हो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।