प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

श्रोत नखुलेको नेपाली रुपैंयाँ नियन्त्रणमा

२०८२-०२-०५

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, मायादेबी गाउँपालिका १ बरैया स्थितमा चाकरचौडा बाट तौलीहवा तर्फ जाँदै गरेको लु ३५ प ८९५९ नं. को मोटरसाइकल सहित श्रोत नखुलेको जम्मा नेपाली रुपैंया ९ लाख २९ हजार ९ सय र चालक जिल्ला कपिलबस्तु मायादेवी गाउँपालिका ४ चाकरचौडा बस्ने बर्ष ७० को हरि प्रसाद बनियालाई आइतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिइएको छ । उनलाई  बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पकडि कपिलबस्तुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा डिक्गीमा लुकाई छिपाई राखेको नगद रुपैयाँ सहित नियन्त्रणमा लिईएको हो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।