प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गाँजा सहित मानिस नियन्त्रणमा

२०८२-०२-०६

  • A
  • A-
  • A+
Share

बाँके, डुडुवा गाउँपालिका ०४ लालापुर्वाबाट अवैध लागुऔषध गाँजा करिब १११ किलोग्राम सहित जिल्ला बाँके नेपालगंज उप-महानगरपालिक ६ बस्ने वर्ष २२ को दिपेश चौरासिया, सोही  उप-महानगरपालिक १४  बाले गाउँ बस्ने वर्ष १८ को विनय सोनि र  सोही  उप-महानगरपालिक २२ नहरपुर्वा बस्ने वर्ष १८ को आदर्श साहनीलाई सोमबार राति प्रहरीले प्रकाउ गरेको छ । लागुऔषध नियन्त्रण व्युरो र इलाका प्रहरी कार्यालय बनकट्टि क बाँकेबाट खटिएको संयुक्त टोलिले उक्त गाँजा सहित प्रकाउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।