प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गाँजा सहित मानिस नियन्त्रणमा

२०८२-०२-०६

  • A
  • A-
  • A+
Share

बाँके, डुडुवा गाउँपालिका ०४ लालापुर्वाबाट अवैध लागुऔषध गाँजा करिब १११ किलोग्राम सहित जिल्ला बाँके नेपालगंज उप-महानगरपालिक ६ बस्ने वर्ष २२ को दिपेश चौरासिया, सोही  उप-महानगरपालिक १४  बाले गाउँ बस्ने वर्ष १८ को विनय सोनि र  सोही  उप-महानगरपालिक २२ नहरपुर्वा बस्ने वर्ष १८ को आदर्श साहनीलाई सोमबार राति प्रहरीले प्रकाउ गरेको छ । लागुऔषध नियन्त्रण व्युरो र इलाका प्रहरी कार्यालय बनकट्टि क बाँकेबाट खटिएको संयुक्त टोलिले उक्त गाँजा सहित प्रकाउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।