ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
२०८२-०२-०६
- A
- A-
- A+
कपिलवस्तु, बाणगंगा नगरपालिका-१ प्रर्दशनी चोकमा ना.४ ख ८१४३ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-४ सिद्दिपुर बस्ने ५० वर्षीय तुलाराम भाट क्षेत्रीको मृत्यु भएको छ । सोमबार दिउसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको एडमन सिटी जितगढी बुटवल रूपन्देहीमा थप उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।