प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

२०८२-०२-०६

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, बाणगंगा नगरपालिका-१ प्रर्दशनी चोकमा ना.४ ख ८१४३ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-४ सिद्दिपुर बस्ने ५० वर्षीय तुलाराम भाट क्षेत्रीको मृत्यु भएको छ । सोमबार दिउसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको एडमन सिटी जितगढी बुटवल रूपन्देहीमा थप उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०८-२५

रूपन्देही, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टर्मिनलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ किलो २ सय ९९ ग्राम ९ सय ५० मिलिग्राम सहित भारत उत्तर प्रदेश कानपुर लखनउ बस्ने २४ वर्षीय MOHAMMAD FAIZY ANSARI लाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । एयर एसियाको उडानद्वारा थाईल्याण्डको बैंककबाट आएका उनलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।