अवैध मदिरा बरामद
२०८२-०२-०७
- A
- A-
- A+
रुपन्देही, रोहिणी गाउँपालिका ७ लठ्ठा चोकबाट अबैध मदिरा ३ सय ४ वटा बोतल बुधबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त मदिराको अन्दाजी मुल्य रु. ३ लाख ४ हजार बराबर रहेको छ । भारतबाट नेपाल तर्फ बोकेर ल्यादै गरेको अवस्थामा प्रहरीलाई देखि छोडी भाग्ने क्रममा इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।