प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ जनाको मृत्यु

२०८२-०२-०८

  • A
  • A-
  • A+
Share

रुपन्देही, सिद्धार्थनगर नगरपालिका ९ अञ्चलपुर स्थित लु ७५ प ७८४४ नं.को मोटसाईकल आफै अनियन्त्रित भई डिभाईडरमा ठोकिन जाँदा मोटरसाईकल चालक  जिल्ला रुपन्देही लुम्विनी साँस्कृतिक नगरपालीका वडा नं. ९ वस्ने वर्ष १९ को निरज विश्वकर्मा बुधबार साँझ मृत्यु भएको छ । दुर्घटना पश्चात उनलाई भिम अस्पताल भैरहवा पठाईएकोमा डाक्टर द्धारा मृत घोषणा गरिएको थियो । उक्त मोटरसाईकल प्रहरीले  नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।