प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ जनाको मृत्यु

२०८२-०२-०८

  • A
  • A-
  • A+
Share

रुपन्देही, सिद्धार्थनगर नगरपालिका ९ अञ्चलपुर स्थित लु ७५ प ७८४४ नं.को मोटसाईकल आफै अनियन्त्रित भई डिभाईडरमा ठोकिन जाँदा मोटरसाईकल चालक  जिल्ला रुपन्देही लुम्विनी साँस्कृतिक नगरपालीका वडा नं. ९ वस्ने वर्ष १९ को निरज विश्वकर्मा बुधबार साँझ मृत्यु भएको छ । दुर्घटना पश्चात उनलाई भिम अस्पताल भैरहवा पठाईएकोमा डाक्टर द्धारा मृत घोषणा गरिएको थियो । उक्त मोटरसाईकल प्रहरीले  नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।