प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

२०८२-०२-०८

  • A
  • A-
  • A+
Share

रूपन्देही, बुटवल उपमहानगरपालिका-११ नहरपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने कपिलवस्तु यसोधरा गाउँपालिका-१बस्ने २९ वर्षीय विवेक चौधरी र कृष्णनगर नगरपालिका-९ बस्ने २० वर्षीय विपेन चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूको डेरा कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-११ बुद्बनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ७० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ बुद्बनगर बस्ने २४ वर्षीय बिस्सु थापा र सोही उपमहानगरपालिका-७ शिवनगर बस्ने २४ वर्षीय सन्दिप सुनार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित कोहलपुर नगरपालिका-३ बस्ने २७ वर्षीय नारायण विकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भे.१० प ४७१६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-२ मकैबारी बस्ने २० वर्षीय पुरण थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.६ प ५७७६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-३ तमौलीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अछाम कमलबजार नगरपालिका-५ कुईका बस्ने २३ वर्षीय दिक्षित तिमिल्सिना, बाँके खजुरा गाउँपालिका-६ सिमलघारी बस्ने २५ वर्षीय दिपक सिजाली मगर र २४ वर्षीय महेश राम घिमिरे रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१२ प ६६६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-०६-२६

दाङ, घोराही उपमहानगरपालिका-१२ हापुरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका- ७ पर्सेनी बस्ने २४ वर्षीय पियुस जिसी र सोही उपमहानगरपालिका-६ बस्ने २० वर्षीय एलिक्स केसी रहेका छन् । अस्थायी प्रहरी पोष्ट हापुरबाट खटिएको प्रहरीले रा.७ प ४२८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा घोराही उपमहानगरपालिका-९ घर भई सोही उपमहानगरपालिका-१५ बुद्धि ग्यारेज बस्ने ५३ वर्षीय खुम बहादुर खत्रीबाट खरिद गरी ल्याएको खुल्न आएपश्चात घोराही उपमहानगरपालिका-१५ नवज्योती टोलबाट खुम बहादुरलाई ट्रामाडोल १ हजार ४० ट्याब्लेट र नगद ५ हजार ४ सय ७० रूपैयाँ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको रा.२ प ५०७८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सवारी दुर्घटनामा १ जनाको मृत्यु
२०८२-०६-१८

कपिलवस्तु, शिवराज नगरपालिका-१ बनकसबासस्थित सडकमा धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ख ५७०३ नम्बरको बस अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा बसमा सवार डोटी दिपायल सिलगढी नगरपालिका-१ टिखा बस्ने १८ वर्षीया सरस्वती खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवारमध्ये ३ जनाको सोही अस्पतालमा, १२ जनाको चौराहा अस्पताल बुटवलमा र ९ जनाको सन्जिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।