प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

२०८२-०२-०८

  • A
  • A-
  • A+
Share

रूपन्देही, बुटवल उपमहानगरपालिका-११ नहरपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने कपिलवस्तु यसोधरा गाउँपालिका-१बस्ने २९ वर्षीय विवेक चौधरी र कृष्णनगर नगरपालिका-९ बस्ने २० वर्षीय विपेन चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूको डेरा कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-११ बुद्बनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ७० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ बुद्बनगर बस्ने २४ वर्षीय बिस्सु थापा र सोही उपमहानगरपालिका-७ शिवनगर बस्ने २४ वर्षीय सन्दिप सुनार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित कोहलपुर नगरपालिका-३ बस्ने २७ वर्षीय नारायण विकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भे.१० प ४७१६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-२ मकैबारी बस्ने २० वर्षीय पुरण थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.६ प ५७७६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-३ तमौलीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अछाम कमलबजार नगरपालिका-५ कुईका बस्ने २३ वर्षीय दिक्षित तिमिल्सिना, बाँके खजुरा गाउँपालिका-६ सिमलघारी बस्ने २५ वर्षीय दिपक सिजाली मगर र २४ वर्षीय महेश राम घिमिरे रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१२ प ६६६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

सम्बन्धित समाचार
सवारी दुर्घटनामा २ जनाको मृत्यु
२०८२-१२-२३

गुल्मी, गुल्मी दरबार गाउँपालिका-४ मिसुकास्थित सडकमा बिरबासबाट मिसुकातर्फ जाँदै गरेको लु.१ च ४९०६ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सोही ठाउँ बस्ने फुलमाया श्रेष्ठको घरमा ठोक्किएर आइतबार दिउँसो दुर्घटना हुँदा बोलेरोमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीया कृष्णा ढेगा र ४० वर्षीया मिना सनामी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य १० जनाको लुम्बिनी मेडीकल कलेज प्रभासमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ५ जना पक्राउ
२०८२-१२-०६

बाँके, नेपालगंज उपमहानगरपालिका-१ बिशाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने २६ वर्षीय रमन सिंघ राठोर र ३० वर्षीय सरोज सिंह चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ स्थित डण्डाबाट नियन्त्रित लागूऔषध डाइजेपाम १२ एम्पुल, प्रोमेथाजाइन १६ एम्पुल र बुप्रेनोर्फिन २४ एम्पुल सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धार्थनगर नगरपालिका-२ नौउडिहवा बस्ने २६ वर्षीय अनिष आले, सोही नगरपालिका-९ अञ्चलपुर बस्ने ३२ वर्षीय अविनास गुरूङ र  कन्चन गाउँपालिका-३ हरैया बस्ने २२ वर्षीय सुजन सारू रहेका छन् ।  इलाका प्रहरी कार्यालय बेलहिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।             यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-१२-०३

बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-७ सिमलघारी बस्ने २९ वर्षीय राजेश दर्लामी र २४ वर्षीय रमेश खनाल रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतको बलइ गाउँबाट नेपालतर्फ पैदल  आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-६ रमवापुरबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभोन २ सय ८६ ट्याब्लेट र नाईट्राजेपाम ३० ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोहिणी गाउँपालिका-२ पजरकट्टी बस्ने ३७ वर्षीय एकलाख अहमद भाट र ३० वर्षीय भुपेन्द्र यादव रहेका छन् । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपी ५३ एवाई ४६०५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।