प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध सामान बरामद

२०८२-०२-०९

  • A
  • A-
  • A+
Share

नवलपरासी, पालीनन्दन गाउँपालिका २ भक्सीपुर स्थित महेशपुरबाट काठमाडौँको लागी छुटेको लु २ ख ६४४० नम्बरको AC बसबाट वाटर प्रुफ पेन्सिल आई ब्रो २००० थान बिहीबार बेलुका प्रहरीले बरामद गरेको छ । उक्त वाटर प्रुफ पेन्सिलको मूल्य  जम्मा रु.१ लाख  बराबर रहेको छ । इलाका प्रहरी कार्यालय अमानीगंज नवलपरासी पश्चिमबाट खटिएको प्रहरी गस्ती टोलीले बस चेक जाँच गर्ने क्रममा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।  

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०४-१९

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ५३ ग्राम ९ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने ३० वर्षीय सुशिल भण्डारी र सोही उपमहानगरपालिका-१० बस्ने ५५ वर्षीय अरूण कुमार जयसवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरीले अरूण कुमारको घर तलासी गर्दा थप ४ सय २५ ग्राम खैरो हेरोइन, नगद १ लाख ८० हजार नेपाली रूपैयाँ, २ लाख १४ हजार भारतीय रूपैयाँ र डिजिटल तराजु १ थान समेत फेला पारी बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।