प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध रुपैया सहित मानिस नियन्त्रणमा

२०८२-०२-०९

  • A
  • A-
  • A+
Share

बाँके, नेपालगंज उप-महानगरपालिका १५ जमुनाहा चेकपोष्टबाट अबैध नेपाली रुपैंया ४ लाख, स्कुटर र  एक थान मोबाईल बिहीबार बेलुका प्रहरीले बरामद गरेको छ । भारतबाट नेपाल तर्फ आउदै गरेको देश भारत जिल्ला बहराइच थाना नवावगंज पोष्ट जमदान ग्राम फुल्टेक्रा बस्ने बर्ष ३० को मंगल शर्माले चलाएको भे १० प ६९३४ नं.को स्कुटरलाई शंका लागी चेकजाँच गर्ने क्रममा उक्त नगद सहित उनलाई प्रकाउ गरिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।