प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वेवारीसे अबस्थामा रहेको समान बरामद

२०८२-०२-०९

  • A
  • A-
  • A+
Share

बाँके नेपालगंज उप-महानगरपालिका १० महेन्द्र बहुमुखी क्याम्पसको अगाडी सडकको छेउमाबाट प्रहरीले बिहीबार बेलुका विभिन्न समानहरु बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय  बाँकेबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले उक्त  वेवारिसे अबस्थामा रहेको समान फेला पारी  बरामद गरेको हो । उक्त समानको जम्मा अन्दाजी मूल्य ४ लाख ८५ हजार ९ सय ५० बराबर रहेको छ । यस सम्बन्धमा भन्सार कार्यालय नेपालगंज बाँके पठाई आवश्यक अनुसन्धान भईरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-०२-०८

रूपन्देही, बुटवल उपमहानगरपालिका-११ नहरपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने कपिलवस्तु यसोधरा गाउँपालिका-१बस्ने २९ वर्षीय विवेक चौधरी र कृष्णनगर नगरपालिका-९ बस्ने २० वर्षीय विपेन चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूको डेरा कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-११ बुद्बनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ७० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ बुद्बनगर बस्ने २४ वर्षीय बिस्सु थापा र सोही उपमहानगरपालिका-७ शिवनगर बस्ने २४ वर्षीय सन्दिप सुनार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित कोहलपुर नगरपालिका-३ बस्ने २७ वर्षीय नारायण विकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भे.१० प ४७१६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-२ मकैबारी बस्ने २० वर्षीय पुरण थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.६ प ५७७६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-३ तमौलीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अछाम कमलबजार नगरपालिका-५ कुईका बस्ने २३ वर्षीय दिक्षित तिमिल्सिना, बाँके खजुरा गाउँपालिका-६ सिमलघारी बस्ने २५ वर्षीय दिपक सिजाली मगर र २४ वर्षीय महेश राम घिमिरे रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१२ प ६६६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ५ जना पक्राउ
२०८२-०२-०७

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-९ कर्मैनीस्थित धर्मशालाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४६ ग्राम ३ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४८ वर्षीय सुरेन्द्र प्रसाद हरिजनलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी र प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।कपिलवस्तु, शिवराज नगरपालिका-५ चन्द्रौटा चोकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ३७ ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकुम पश्चिम मुसिकोट गाउँपालिका-१ खलङ्गा बस्ने २४ वर्षीय नबिन नेपाली र रूकुम पूर्व सिस्ने गाउँपालिका-५ कमलदह बस्ने १९ वर्षीय शिसिर गौतम रहेका छन् । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।बाँके, नेपालगंज उपमहानगरपालिका-१२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय समिर बेहेना र ३१ वर्षीय जुमाई सिद्दिकी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।                  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।