प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वेवारीसे अबस्थामा रहेको समान बरामद

२०८२-०२-०९

  • A
  • A-
  • A+
Share

बाँके नेपालगंज उप-महानगरपालिका १० महेन्द्र बहुमुखी क्याम्पसको अगाडी सडकको छेउमाबाट प्रहरीले बिहीबार बेलुका विभिन्न समानहरु बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय  बाँकेबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले उक्त  वेवारिसे अबस्थामा रहेको समान फेला पारी  बरामद गरेको हो । उक्त समानको जम्मा अन्दाजी मूल्य ४ लाख ८५ हजार ९ सय ५० बराबर रहेको छ । यस सम्बन्धमा भन्सार कार्यालय नेपालगंज बाँके पठाई आवश्यक अनुसन्धान भईरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।