प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको रकम सहित पक्राउ

२०८२-०२-१०

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, कृष्णनगर नगरपालिका-३ बाट स्रोत नखुलेको भारतीय ५ लाख रूपैयाँ सहित ओखलढुङ्गा चम्पादेवी गाउँपालिका- १० बस्ने ४३ वर्षीय राम कुमार तोलाङीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८२-०२-३१

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-३ अदालत रोडस्थित खाजा पसलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७३ मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो ९९ ट्याब्लेट सहित २ जनालाई शनिबार बेलुकी प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २९ वर्षीय सन्तोष प्रसाद कहार र सोही नगरपालिका-३ बस्ने २९ वर्षीय राजेश यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भारत उत्तर प्रदेश सोहरतगढ ग्राम रमजान घर भएका २२ वर्षीय हस्मत अलि अन्सारीबाट खरिद गरेको भन्ने खुल्ल आएपश्‍चात प्रहरीले उनलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८२-०२-२६

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ त्रिवेणी चोकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ११ ट्याब्लेट र प्रोक्सिको स्पास ६६ ट्याब्लेट सहित तनहुँ भिमाद नगरपालिका-६ बस्ने २० वर्षीय निशेष परियारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बाँके, बैजनाथ गाउँपालिका-४ सिमलधारी सैनिकटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित बर्दिया डाँफे बस्ने २३ वर्षीय सुनिल बुढालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकटवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह ९ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ४० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-४ तिलकपुर बस्ने २२ वर्षीय पारस थारूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गुलरिया र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतको बलई गाउँबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।          यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८२-०२-२५

दाङ, घोराही उपमहानगरपालिका-१७ गुलरीया चोक बस्ने १७ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।बर्दिया, मधुवन नगरपालिका-७ गोपाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय डिल बहादुर बस्नेत र सोही नगरपालिका-५ बस्ने २२ वर्षीय झलक डाँगी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।