अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०२-१३
- A
- A-
- A+
रूपन्देही, मायादेवी गाउँपालिका-३
हरहरवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ३० मिलिग्राम
सहित सोही गाउँपालिका-४ सेमरी बस्ने कैलाली बर्दगोरिया गाउँपालिका-६ घर भएका २३
वर्षीय प्रेम रावतलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो
शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले लु.७७ प
६३२६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो
।