प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित १ जना पक्राउ

२०८२-०२-१३

  • A
  • A-
  • A+
Share

रूपन्देही, मायादेवी गाउँपालिका-३ हरहरवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ३० मिलिग्राम सहित सोही गाउँपालिका-४ सेमरी बस्ने कैलाली बर्दगोरिया गाउँपालिका-६ घर भएका २३ वर्षीय प्रेम रावतलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले लु.७७ प ६३२६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार