अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-०२-१५
- A
- A-
- A+
बाँके, नेपालगंज
उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन पदार्थ करिब ३
ग्राम ५ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१० बस्ने ३७ वर्षीय ठाकुर प्रसाद खत्री र
सोही नगरपालिका-२ बस्ने २२ वर्षीय अमृत चन्द रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो
शाखा कार्यालय नेपालगंज, लुम्बिनी प्रदेश प्रहरी कार्यालय
दाङ र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतको रूपैडियाबाट
नेपालगंजतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।