आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
२०८२-०२-१८
- A
- A-
- A+
रूपन्देही, तिलोत्तमा नगरपालिका-५ मणिग्राम चोकस्थित छहारी क्लब हाउस एण्ड बैंङक्वेट प्रालिमा विद्युत सर्ट भई शनिबार दिउसो आगलागी हुँदा करिब २ करोड ५० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।